मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फर शुल्क घट्यो

काठमाडौँ, २९ भदौ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट गर्ने अन्तर बैंक फन्ड ट्रान्सर्फमा बैंकहरूले लिने शुल्क घटाएको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणली विभागले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोबाइल बैंकिङमार्फत विद्युतीय रकमान्तर गर्दा लाग्ने अधिकतम शुल्क तोकेको हो ।

अब बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङबाट अन्तर बैंक विद्युतीय रकमान्तर गर्दा ५० हजारसम्म १० रुपैयाँमात्रै शुल्क लिन पाउने भएका छन् । त्यस्तै ५० हजारभन्दा माथि १ लाखसम्म २० रुपैयाँ र एक लाखभन्दा माथि ३० रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने भएका हुन् । सर्वसाधारणालाई विद्युतीय कारोबारमा प्रोत्साहहन गर्न मोबाइल बैंकिङबाट हुने अन्तरबैंक फन्ड ट्रान्स्फरमा लाग्ने शुल्क तोकेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, नेपाल सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा पनि केन्द्रीय बैंकले शुल्क तोकेको छ । जसमा ३ हजारसम्म प्रतिकारोबार ५ रुपैयाँ ३ हजारदेखि ३० हजारसम्म प्रतिकारोबार १० रुपैयाँ र १० हजारभन्दा माथि प्रतिकारोबार २० रुपैयाँ शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । रामेछापमा एक डबल क्याप बलेरो दुर्घटनामा पर्दा ३ जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौँबाट ओखलढुंगातर्फ

बैतडी, ३१ भदौ । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार

काठमाडौँ, ३१ भदौ । विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीलाई मानव बेचविखन विरूद्धको अभियानमा विशेष योगदान पु¥याएकोमा सम्मान गरिएको छ ।

काठमाडौँ, ३१ भदौ । काठमाडौँको तारकेश्वरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका तारकेश्वर नगरपालिका-७

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021