किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

काठमाडौँ, २९ भदौ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन् । ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने ।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा। गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन् । ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन् । उनीहरूमा एन्टीबडी बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आकलन गरिएको छ ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा.प्याकुरेलले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।