किन जोखिममा छन् विद्यालय जाने बालबालिका ?

काठमाडौँ, २९ भदौ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा।समीरकुमार अधिकारीका अनुसार बालबालिकाले जनस्वास्थ्यको सहि मापदण्ड पालना गर्न सक्दैनन् । ‘हातले नाक, मुख नछोउ र बाहिर नजाउ भनेर अभिभावकले सम्झाए पनि विद्यालयमा पुगेपछि पालना गर्छन् नै भन्ने छैन,’ उनले भने ।

नेपाल बाल चिकित्सक समाज अध्यक्ष डा। गणेशकुमार राई कोरोनाको तेस्रो संक्रमणमा बालबालिका प्रभावित हुने बताउँछन् । ‘ठूला व्यक्ति संक्रमणसँग जुधेका छन् । उनीहरूमा एन्टीबडी बनिसकेको छ,’ डा. राईले भने, ‘१८ वर्षमुनिका बालबालिकाले खोप पनि पाएका छैनन्। त्यसैले रोगसँग लड्ने क्षमता पनि न्यून छ। त्यसैले बढी बालबालिका बढी प्रभावित हुने आकलन गरिएको छ ।’

विद्यार्थी चढ्ने बस र विद्यालयमा पनि भौतिक दूरी पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। जोखिम अवधिभर सामूहिक क्रियाकलाप गराउन नहुने डा.प्याकुरेलले बताए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित