भेरीका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौँ, २६ भदौ । जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतबारदेखि नगरभित्रका सबै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

भेरी नगरपालिकाको नगर शिक्षा समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखाप्रमुख अमृतबहादुर पुनले बताए ।

भेरी नगरपालिकामा हाल कोरोना सङ्क्रमणको अवस्था नरहेकाले विद्यालय खोल्ने निर्णय गरिएको उनले बताए । कोरोना संक्रमण बढ्दै गएपछि गत वैशाखदेखि यहाँका विद्यालय बन्द रहेका थिए । कार्यढाँचामा सबै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनुपर्ने, जोरबिजोर प्रणाली अपनाएर भए पनि भौतिक दूरी कायम गर्नुपर्ने लगायतका प्रावधान राखिएका छन् ।

लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षासमेत यही भदौ ३० गतेदेखि सञ्चालन हुने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।