कुनै पनि ग्राहकको कल ट्यापिङ गर्दैनौं: नेपाल टेलिकम

काठमाडौँ, २१ भदौ । नेपाल टेलिकमले कुनै पनि ग्राहकको कल ट्यापिङ नगरेको प्रस्ट पारेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार केही समययता विश्वभरी नै पेगासस सफ्टवयरमार्फत् दिग्गज व्यक्तिहरुको समेत कल ट्यापिङ हुने गरेको समाचारहरु आइरहेका बेला कम्पनीले ग्राहकहरुलाई सचेत गराउन मात्र हालै सूचना जारी गरेको हो ।

मोबाइलमा अनावश्यक एपहरु राख्दा त्यसमार्फत् जासूसी हुन सक्ने भएकाले आफूहरुले ग्राहकको सुरक्षाका लागि सूचना जारी गरेको उनले बताए । तर यो सूचनाका आधारमा कतिपय सञ्चारमाध्यले नेपाल टेलिकमकै सिस्टममा समस्या रहेको हिसाबले समाचार सम्प्रेषण गरिदिँदा जनमानसमा अन्योल छाएको पनि बताए।

उनले यस्ता कल ट्यापिङ सफ्टवयरका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिनुपर्ने र यस्तो अनुमति पाउने संस्थामा राज्यको सुरक्षा तथा अनुसन्धानसँग सम्बन्धित संस्था मात्र हुने र दूरसञ्चार सेवा प्रदायक त्यसमा नपर्ने भएकाले टेलिकमले कल ट्याप गर्ने हल्लामात्रै भएको उनले बताए । उनले गोपनीयताको हकसम्बन्धी नेपाल स्पेशल सर्भिस बिल राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा विचाराधीन रहेको र कानूनमा उल्लेख भइनसकेको उपकरण खरिद गर्न नेपाल टेलिकमलाई इजाजत नभएकाले कल ट्यापिङ सफ्टवयर नभएको अवस्थामा यस्तो कार्य सम्भव नहुने पनि दावी गरे । यस्तै कल डिटेल रेकर्डका सम्बन्धमा अदालतको आधारमा मात्र विशेष प्रयोजनका लागि उपलब्ध गराउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६