पाकिस्तानमा विभिन्न कम्पनीहरुद्धारा व्यापक वित्तीय ठगी भएको विश्व बैंकको रिपोर्ट

इस्लामाबाद, १५ भदौ । विश्व बैंकले पाकिस्तानमा विभिन्न कम्पनीहरुले व्यापक वित्तीय ठगी गरेको पत्ता लगाएको छ ।

पाकिस्तानमा २३ वटा कम्पनीहरुले विभिन्न परियोजना सम्झौता हासिल गर्न ठगी, भ्रष्टचार तथा आर्थिक अनियमितता गरेको विश्व बैंकले पत्ता लगाएको हो । पाकिस्तानमा वितरण कम्पनी (डीआईएससिओएस) र नेसनल ट्रान्समिसन एण्ड डिस्प्याच कम्पनी (एनआईडीसि)बाट परियोजना सम्झौताहरु हासिल गर्न विभिन्न कम्पनीहरुले आर्थिक अनियमितता तथा ठगी गरेको खुलेको हो । यी कम्पनीहरुले आपसी लाभका लागि साँठगाँठ गरेको खुलेको विश्व बैंकको एक रिपोर्टले बताएको छ ।

विश्व बैंकको इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभेलपमेन्ट (आईबीआरडी)ले पाकिस्तानको बिधुतिय वितरण तथा प्रशारण सुधार परियोजनाका लागि पाकिस्तान सरकारसँग सन् २००८ मा ऋण सम्झौता गरेको थियो । उक्त परियोजनाको लक्ष्य पाकिस्तानमा बिधुत वितरण र प्रवाह क्षमता वृद्धि तथा अन्य विधुतिय परियोजना सुधार गर्नु रहेको थियो । तर, पाकिस्तानमा केही कम्पनीहरुले बिधुतिय प्रशारणका लागि सार्वजनिक खरीद बजार नियन्त्रण गरेको पाईएको छ । ती कम्पनीहरुले बजार नियन्त्रण गरी विश्व बैंक अन्तर्गतका परियोजना सम्झौताहरु हासिल गर्न खोजेको खुलेको छ । त्यस्ता कम्पनीहरुलाई ठगी तथा आर्थिक अनियमितता गर्ने कम्पनीको सूचिमा विश्व बैंकले राखेको छ । पाकिस्तानमा कमजोर नियामक निकायको , विकृत न्यायिक प्राणालीहरुका कारण यस्ता वित्तिय अपचलन सामान्य बनेको छ । स्रोत सिफि न्युज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र

काठमाडौँ, १५ माघ । अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका

काठमाडौँ, १५ माघ । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले

काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021