बेलायतमा एकै दिन ३८ हजार बढीमा कोरोना सङ्क्रमण

एजेन्सी, १२ भदौ । बेलायतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले जनाएको छ । यससँगै बेलायतमा सङ्क्रमित हुनेको कुल सङ्ख्या ६६ लाख ६६ हजार ३९९ पुगेको छ ।

यसै गरी कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ३२ हजार २४३ पुगेको छ ।

यसै गरी बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड २ लाख ९५ हजार भन्दा बढी डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ७९ लाख १५ हजार ७६८ जनाले खोपको पहिलो डोज र चार करोड २३ लाख ७९ हजार ३५३ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021