ग्लोबल आइएमई बैंकको ड्राईभ उत्सव अफर

काठमाडौँ, १० भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजनाअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारी साधन योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यो योजना निजी प्रयोजनको लागि विभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिन भित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

काठमाडौँ, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय

काठमाडौँ, ४ माघ । लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021