अलकायदा र तालिबानबीच बलियो साँठगाँठ रहेको अफगानी गुप्तचर अधिकारीको भनाई

वासिंगटन, १० भदौ । अफगानिस्तानमा तालिबानसँग अलकायदाको बलियो सम्बन्ध रहेको अफगानी अधिकारीले बताएका छन् ।

तालिबान विद्रोही सँग आतंकवादी सञ्जाल अलकायदाको विश्वले सोचे भन्दा बलियो र गहिरो साँठगाँठ रहेको बरिष्ठ अफगानी गुप्तचर अधिकारीले बताएका छन् । आर्थिक सहयोग र बम बनाउने कामको बदलामा तालिबान विद्रोही लडाकु समुहले अलकायदा आतंकवादीहरुलाई प्रश्रय र आरक्षण दिईरहेको अफगानी अधिकारीले बताए । गत बर्ष अफगानिस्तानको दुर्गम गाउँमा सुरक्षाकर्मीको कारबाहीमा एक अलकायदा लडाकु मारिएपछि अलकायदा र तालिबान कति निकट छन् स्पष्ट भएको छ । अमेरिकी सेना फिर्ता भईरहेको बेला अफगानिस्तानमा थप द्धन्द्ध चर्किने बिश्लेषण भईरहेको बेला यस्तो रिपोर्टहरु सार्वजनिक भएका हुन् ।

तालिबानले भने कुनै आतंकवादीसँग साँठगाँठ नगर्ने र आरक्षण नदिने दाबी गर्दै आएको छ । तालिबानले अमेरिका र अमेरिकी साझेदारहरुको सुरक्षा बिरुद्ध कसैलाई पनि अफगानिस्तानको भूमि प्रयोग हुन नदिने प्रतिबद्धता गर्दै आएका छन् । तर तालिबानले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग गरेको यस्तो प्रतिबद्धता मजाक र भूटो रहेको अफगानी अधिकारीले टिप्पणी गरे । आतंकवादी संगठन अलकायदाले विश्वका विभिन्न ठाउँबाट पैसा संकलन गरि तालिबान लाई दिने र आत्मघाती बम आक्रमणबारे रणनीतिक सीप सिकाउँदै आएको उनले दाबी गरे । त्यसको बदलामा तालिबानले अलकायदालाई आरक्षण र प्रश्रय दिने गरेको उनले बताएका छन् । स्रोत जी फाईभ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको