कांग्रेसलाई महेश बस्नेतको चेतावनीः ‘भक्तपुरमा शेरबहादुर देउवा उठाउ, म चुनाव लड्न तयार छु’

भक्तपुर, १० भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफुले सहजै रुपमा विजय हासिल गर्ने उद्घोष गर्नुभएको छ ।

बुधवार राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमी नगर कमिटीको पूर्ण बैठक तथा मध्यपुरबाट जिल्ला कमिटीमा मनोनीत हुनुभएका सम्पूर्ण नेताहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । एमाले भित्रको आन्तरिक विवाद भएकाले भक्तपुरमा आगामी निर्वाचनमा कांग्रेसले विजय हासिल गर्नै कल्पना गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले एमालेको विवाद एक चुड्कीको भरमा मिल्ने दावी गर्नुभयो । एमालेको विवादबाट टाउको उठाउने सपना नदेख्न समेत उहाँले कांग्रेसलाई चेतावनी दिनुभयो ।

महेश बस्नेतलाई हराउँछु भनेर कांग्रेसका फुच्चे नेताले गफ दिएको सुन्न आएको उल्लेख गर्दै नेता बस्नेतले भन्नुभयो, ‘तिम्ले हैन, तिम्रो ठूलो बाउ शेरबहादुर देउवा उठाउ, महेश बस्नेत चुनाव लड्न तयार छ । भक्तपुरमा महेश बस्नेतलाई चुनौति दिने कांग्रेसका नेताले वडाध्यक्ष समेत जित्ने हैसियत छैन । वडाध्यक्ष पनि हार्छौ । एमालेभित्रको आन्तरिक समस्यालाई भूकम्पसँग दाज्ने हो भने एमालेमा २÷३ रेक्टर समस्या छ भने कांग्रेसमा ८ रेक्टरभन्दा बढीको समस्या छ । त्यसैले एमालेको विवाद छ, विवाद हुँद हुँदै टाउको उठाउनुपर्छ भन्ने सपना नदेखे हुन्छ । हाम्रो समस्या त टुकीको बक्तिलाई सामान्य रुपमा फुक्दा निभ्छ तर कांग्रेसको निभ्नेवाला छैन ।’

आगामी दिनर्वाचनमा कांग्रेसलाई विगतको जस्तो डबल भोटले मात्र जित्ने नभई चौवल भोटले जित्ने समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन बनेर आउनुभयो भने भक्तपुरमा अव डबल भोटले हैन, चौवल भोटले हराउँछौं । विगतको चुनावमा १८ हजार कांग्रेसको हुँदा एमालेको १६ हजारभन्दा बढी मतले विजयी भएको स्मरण गराउँदै नेता बस्नेतले आगामी निर्वाचनमा कांग्रेसको १० हजार आउँदा एमालेको ४०–५० हजार मतका साथ चुनाव जित्नेछौं । कांग्रेसका मित्रहरु कान खोलेर सुन्नुस्, तपाईहरुलाई डबल भोटले हैन, चौवल भोटले जित्ने हो । अहिलेदेखी तयार भएर बस्नुस् । अब भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्छ ।’

सांसद बस्नेतले कांग्रेसको नेतृत्वको समयमा सांसद विकास कोषमा करोडौं भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । कांग्रेसले गरेको भ्रष्टाचारका हजारौं काण्डहरु आफुसँग प्रमाण रहेको उल्लेख गर्दै उहाँले अख्तियारमा उजुरी गरेको खण्डमा धेरै कांग्रेसका नेताहरु जेल जाने अवस्था आउने चेतावनी दिनुभयो ।

विकासमा स्थानीय जनप्रतिनिधिको असहयोगका कारण कतिपय आयोजना रोकिएकोमा आक्रोस जनाउँदै उहाँले जनप्रतिनिधिको असहयोगका कारण पनि सयौं विकासका आयोजनाहरु सञ्चालन भएको बताउनुभयो । केपी ओलीले ल्याएको बजेटलाई अहिले कांग्रेसले ल्याएको भन्दै लाज पचाएर कांग्रेसका जनप्रतिनिधिहरु भाषण गर्दै हिड्न थालेको उल्लेख गर्दै उहाँले भक्तपुर क्यान्सर अस्पताललाई क्यान्सर रिलिफ सोसाईटी भन्ने कांग्रेसको गैरसरकारी संस्थालाई सञ्चालन गर्न दिने प्रयास गरिरहेकोमा आपत्ती जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसले कांक्रो आफुले चोरेर खान्छन् अनि वियाँ अर्काकोमा टाँसेर फुर्ति लगाउँछन्, हामीले ल्याएको बजेट उनिहरुले ल्याएको भनेर फुर्ति लगाउँछन् । भक्तपुर अस्पतालको लागि छुट्याइएको बजेट भरपुरमा लैजाने तयारी गरिरहेको साथै सूर्यविनायकदेखी धुलिखेल सडक स्तरउन्नतीको लागि दुई अर्व बजेट कटौती गर्ने अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक तयारी गरिरहेको सुन्नमा आएको छ । हिम्मत छ भने लैजाउन त्यसपछि जनताले हिसाव किताव गर्नेछन्, त्यस परिस्थितीको जिम्मा सरकारले लिनुपर्छ ।’

विगतको लामो समयसम्म कांग्रेसको नेतृत्वमा रहेको भक्तपुरका जनताले विकास र समृद्धिको चाहनालाई तुसारापात गरेको उल्लेख गर्दै नेता बस्नेतले कांग्रेसको नेतृत्वका १६ महिनामा कांग्रेसले एमालेलाई विकासमा च्यालेन्ज गर्न सक्छ भने गरेर देखाउनुन चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्व कालमा भक्तपुरलाई बक्तिमुनीको अध्यारो बनाउनुभयो । अहिले हाम्रो नेतृत्वमा आएको बजेट काट्ने दुस्साहस नगर्नुस् । काट्नुभयो भने तपाईहरुको लागि यो निक्कै दुर्भाग्यपूर्ण हुनेछ ।’

भक्तपुरमा एमालेको नामबाट कांग्रेस माओवादीलाई पोस्नेहरुको हिसाव किताव गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी पछि केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनको नक्षत्रको रुपमा स्थापीत हुनभएको दावी गर्नुभयो । माधव कुमार नेपालले एमालेको सरकार ढालेर शेरबहादुर देउवा तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टाँङ मुनी छिरेको आरोप लगाउनुभयो । विगतमा माधव तथा माओवादीमा लागेका भक्तपुरका एमालेमा सवै माफ गर्न सकिने उल्लेख गर्दै उहाँले जिल्लामा पार्टी तथा नेतृत्वविरुद्ध षड्यन्त्रमुलक गतिविधि गरेमा पार्टीले अबका दिनमा निष्काशन गर्ने दिन आउन सक्ने समेत चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल एमालेको सरकार ढालेर शेरबहादुर देउवा र प्रचण्डको टाङ मुनी छिरे । त्यसले एमालेको विरोधीले माधव नेपाललाई हाइ हाइ गरेको छन् तर केपी ओली एमालेको लागि हिरो हो माधव नेपाल जिरो हो । अहिले प्रचण्डले माधवलाई प्रयोग गरी एमाले विरुद्ध गतिविधि गरिरहनुभएको छ । तर माओवादी विसर्जनको डिलमा रहेको छ । यो कुरा प्रचण्डले बुझ्न जरुरी छ ।’

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजालगायतले पार्टीको आगामी रणनीति, कार्यदिशा तथा भातृ संगठनहरुको भूमिकाको बारेमा आफ्नो निर्देशनात्मक धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021