गण्डकी प्रदेशका अर्बपति मन्त्रीको सम्पत्ति कति छ ?

 काठमाडौँ, १० भदौ । गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् ।

कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ मन्त्रीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गत २९ जेठमा पोखरेल नेतृत्वमा नयाँ सरकार बनेको थियो ।

सार्वजनिक सम्पत्ति विवरणमा मुख्यमन्त्री पोखरेलले आफ्नो २५ लाख रुपैयाँ ऋण देखाएका छन् भने सबैभन्दा धनी मन्त्रीमा विन्दुकुमार थापा देखिएका छन् । थापाको सम्पति विवरण हेर्दा उनी अर्बपति मन्त्रीको रूपमा देखिएका हुन् । उनी व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् ।सम्पति विवरणमा मुख्यमन्त्री पोखरेलले दुई वर्षअघि २०७६ सालमा कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएको जनाएका छन् । उनको नाममा काठमाडौं र तनहुँमा जग्गा छ । नवलपुर गैंडाकोटमा ०।३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे दुईतले पक्की घर छ । उक्त घरजग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उनले जनाएका छन् ।

पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ । सो जग्गा बैंकबाट ऋण लिएर १५ लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् । साथै ५ तोला सुनसमेत रहेको उल्लेख छ । श्रीमती लताको नाममा २० लाख रुपैयाँको घर छ । तलबबाट आएको ५ लाख एभरेस्ट बैंकमा रहेको भनी आम्दानी देखाएका छन् ।

सार्वजनिक सम्पत्ति विवरणमा सबैभन्दा धनी विन्दुकुमार थापा देखिएका हुन् । उनी कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । उनले पोखराका विभिन्न ६ स्थानमा घर र आठ ठाउँमा जग्गा देखाएका छन् । पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको यसअघि नियुक्तिमै विवाद उत्पन्न भएको थियो । शपथ खान तनहुँबाट पोखरा आउँदै गरेका डोबाटे विकलाई पछि पार्दै मन्त्री बनेका थापाको पोखराको नयाँ बजारमा ३ हजार ९ सय ११ वर्ग मिटरमा घर छ । नयाँ बजारमै ४ हजार ९ सय ९४ वर्ग मिटरमा अर्को घर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । राष्ट्रिय बाल अधिकार परिषद्ले आगामी निर्वाचनमा बालअधिकार संरक्षण तथा संवेदनशीलता प्रवद्र्धन सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गरेको

काठमाडौँ, ४ माघ । अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई

काठमाडौँ, ४ माघ । सत्तारूढ गठबन्धनमा दलहरूको बैठक आज बस्दैछ । बैठक मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय

काठमाडौँ, ४ माघ । लघुवित्त वित्तीय संस्थामा रहेको सामाजिक संस्थाहरू (एनजीओ) को लगानी गैरकानूनी भएको छ । तर, यस्तो गैरकानूनी लगानी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021