आजबाट तेह्रथुम पावर कम्पनीको आईपीओ खुल्ला

काठमाडौँ, ९ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो । कम्पनीले निष्कसन गरेकोमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म आवेदन दिने म्याद थप हुने हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।

काठमाडौँ, ७ वैशाख । शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार

मोरङ, ७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको