त्रिविका परीक्षा निर्धारित समयमै

काठमाडौँ, ७ भदौ । त्रिभुवन विश्वविद्यालयले  भदौ  महिनामा  सञ्चालन  गर्ने   गरी   पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन   गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै  परीक्षा  नियमित  गर्न  अनुमति  दिएको  जानकारी  विश्वविद्यालयको  परीक्षा  नियन्त्रण  कार्यालयले दिएको छ ।

विश्वविद्यालयका  परीक्षा  नियन्त्रक  पुष्पराज  जोशीले  कोभिड–१९ सङ्कट व्यवस्थापन  केन्द्र (सीसीएमसी)  सँगको  स्वीकृतिमा  भदौको  परीक्षा कार्यतालिका  नियमित  रूपमा  सञ्चालन  हुने  जानकारी  दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ  एलएलबी  प्रथम  वर्षको  परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले आगामी  दिनको  परीक्षा  सञ्चालन  गर्न  हुने  नहुने  सम्बन्धमा  हाल  सञ्चालित  विभिन्न  तहको  परीक्षाको  निरीक्षणसमेत  गरेको  थियो  । 

निरीक्षणका  क्रममा  सीसीएमसीका  अधिकारीहरूले  स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी  लिखित  रूपमा  नै  विश्वविद्यालयलाई सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन  गरिने  र  परीक्षा  केन्द्रमा  समेत  स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए । यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म  प्रकाशित कार्यतालिकाअनुसारको  परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा  वार्षिक  परीक्षा  प्रणालीअन्तर्गत  मानविकीतर्फ  स्नातक  तह  प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि  उक्त  परीक्षा  दिएका  हुन् । स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल  स्नातकोत्तर  तहका  विभिन्न  सङ्कायका  सेमेस्टर  प्रणालीअन्तर्गत  परीक्षा कार्यक्रम  सञ्चालन  भइरहेको  छ  । 

परीक्षा  विश्वविद्यालय  क्याम्पस  कीर्तिपुरमा  सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले  परीक्षा  सञ्चालनमा  कुनै  समस्या  नभएको जानकारी  नियन्त्रक  जोशीले  दिए । विश्वविद्यालयका  अधिकांश  शिक्षक,  कर्मचारीले  कोरोनाविरुद्धको  खोप  लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले  विश्वविद्यालयको  परीक्षा  कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित