चितवन, ६ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले गरीब जनताले सहज उपचार पाउनका लागि देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
भरतपुर अस्पतालमा आज आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र पारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता देखिएको बताए । सरकारी अस्पतालहरुलाई साधन, स्रोत र जनशक्ति अभाव हुन दिन नहुनेमा उनले जोड दिए ।
भरतपुर अस्पतालले सम्पूर्ण सेवा दिन नसकेका कारण भरतपुरका गल्ली–गल्लीमा अस्पताल खुलेको भन्दै राज्यमन्त्री श्रेष्ठले अस्पताललाई के उपकरणको समस्या हो त्यसबारेमा जानकारी दिन आग्रह गरे । ‘समस्या के हो जानकारी दिनुस्, पाँचरदश करोड बजेटको समस्या हुँदैन,’ उनले भने ।
उनले आगामी असोजभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाइने जानकारी दिए ।