स्वास्थ्य राज्यमन्त्रीलाई चेतावनी: भक्तपुरकाे बजेट भरतपुर लगे जस्ताे सुकै कदम चाल्न तयार

दिपेश खड्का

भारतीय कम्फर्टेवल सरकार गठन भएसँगै विकास र समृद्धिमा समेत राजनीति हुन थालेको छ । राजनीतिक प्रतिशोधकै कारण एक जिल्लाको बजेट कटौती गरी आफ्नो जिल्लामा लाने भित्री रुपमा रणनीति तयार हुँदै गएको पाइएको छ । जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै विकासका सवै ढोकाहरुलाई खुल्ला गर्दै आर्थिक समृद्धि, सामाजिक रुपान्तरण गर्दै विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याउनु अहिलेको आवश्यकता हो । तर जनता र मुलुकको आवश्यकतालाई मध्यनजर नगरी वर्तमान कांग्रेस, माओवादी लगायतका परमादेशको सरकारले जनताको विकास प्रतिको चाहनालाई ब्रेक लगाउने रणनीति अपनाएको छ ।

पूर्वमन्त्री, भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचन प्रतिनिधि सभा सदस्य महेश बस्नेतको पहलमा भक्तपुर क्यान्सर अस्पताललाई, भक्तपुर क्यान्सर ऐकेडेमि बनाउनको लागी आर्थिक वर्ष २०७८/0७९ विनियोजि रु २ अर्ब बजेट राजनीतिक पुर्वाग्रह र स्वास्थ्य माफियाहरुको चलखेलमा सो रकम भरतपुर लाने प्रयास भईरहदाँ छ । सो विषयमा स्वास्थ्य राज्य मन्त्रीले हिजो दिनु भएको अभिब्यक्ती गैर जिम्मेवारी पूर्ण छ । स्वास्थ्य राज्यमन्त्री स्वास्थ्य माफियासँग मिलेर भक्तपुरको विनियोजिक रकम भरतपुर लानेकुरा भक्तपुरका जनतालाई किर्माथ स्वकार हुने छैन ।

राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्यूट भरतपुरमा बनाईने बताउनुभएको थियो । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा प्रयाप्त जमिन र भौतिक संरचना भएकाले इन्स्टिच्यूट यहि अस्पताल परिसरमा बनाउनु पर्नेमा जोड दिँदै उक्त ठाउँलाई छाडेर भक्तपुर इन्स्टिच्यूट वन्न नसक्ने बताउनुभएको थियो । सरकारले वी।पी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शुशिल कोईरला प्रखर क्यान्सर अस्पताल बाँकेलाई हेर्ने गरि अध्ययन, अनुसन्धान लगाएतका कार्यका लागि इन्स्टिच्यूट भक्तपुर क्यान्सर अस्पतालमा राख्ने निर्णय गरेकोमा चौतर्फि बिरोध भइरहेको समयमा नबनियुक्त राज्यमन्त्री श्रेष्ठले भरतपुरमा इन्स्टिच्यूट राख्ने वताउनुभएको हो । कार्यक्रममा उहाँले स्वास्थ्य सचिब डा। रोसन पोख्रेललाई अघिल्लो सरकारले गरेको सो निर्णय हाल रोक्न आँफुले निर्देशन दिई सकेको बताउनुभएको थियो ।

राज्यमन्त्रीको भनाई र सरकारमा रहेका भक्तपुरका दलहरु यस प्रति मैन रहनुले गम्भिर संका पैदा भऐको छ । सरकाले छुट्टै बजेट ब्यवस्थापन गरी भरतपुरमा क्यान्सर ऐकेडेमी बनाउनुस् शुभकामना छ । तर भक्तपुरको बजेट लगेर होईन । अझै पनि भक्तपुर क्यान्सर अस्पतालको बजेट भरतपुर लाने प्रयास हुन्छ भने सरकार प्रति जस्तो सुकै कदम चाल्न पनि भक्तपुरका जनता तयार छन् ।

राष्ट्रिय युवा संघ नेपाल
सचिवालय सदस्य, केन्द्रीय कमिटी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

‘ऋण असुली पनि तीव्र’ काठमाडौँ, ८ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका साना बचतकर्ताको

काठमाडौँ, ८ असार । नेकपा (एमालेका) उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई

काठमाडौँ, ८ असार । आज सेयर बजार १.४६ अंक घटेको छ । नेप्से परिसूचक २७०० अंकमा कायम भएको छ ।

काठमाडौँ, ८ असार ।जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित नेकपा (एमाले) निकट २४ वटा जनसंगठनहरूको आज काठमाडौँमा