स्थानीय तहका ट्रेड युनियन संगठनहरुको बैठक सम्पन्न

काठमाडौँ, ४ भदौ । देशभरका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको पेशागत माग र मुद्दाहरुका शुक्रवार स्थानीय तहमा क्रियाशिल ट्रेड युनियन संगठनहरुको आज काठमाडौंमा बैठक सम्पन्न भएको छ ।

बैठकमा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष नरबहादुर साउद, नेपाल नगरपालिका कर्मचारी एसोसियसनका तर्फबाट कार्यदल संयोजक नारायणप्रसाद तिमिल्सिना , स्थानीय तह कर्मचारी संघको तर्फबाट गोपालप्रसाद पोखरेल, स्थानीय तह कर्मचारी युनियनका बागमति प्रदेश संयोजक शिबजि भट्टराईले बैठकमा अआफ्नो धारणा राख्नु भएको थियो । उहाँहरु स्थानीय तहमा कार्यरत कर्मचारीको माग र मुद्दाका बारेमा सरकारले सुनुवाइ गर्नुपर्ने कर्मचारी मिलान सम्बन्धी मापदण्ड तत्काल कार्यान्वयमा ल्याउन आग्रह गर्नुभयो ।

निकट भविष्यमा स्थानिय तहका ट्रेड युनियनहरुको संयुक्त बैठक बसि साझा धाराणा निर्माण गरि अगाडि बढ्दै जाने निर्णय गरियो छ । नेपाल नगरपालिका कर्मचारी एशोसियशनका कार्यदलका संयोजक नारायणप्रसाद तिमिल्सिनाको संंगठनको बिशेष पहलमा नेपाल सरकारको मन्त्री परिषदको कार्यसूचि परेर समेत पारित हुन वाँकी रहेको कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड, २०७७ स्वीकृतिका लागि तदारुकता साथ संयुक्तरूपमा थप पहल गर्नु पर्ने बताउनुभयो ।

बैठकमा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले स्थानीय तहका कर्मचारीको हकहितका लागि आफ्नो तर्फबाट सबै प्रकारकारको सहयोग हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021