खोपपछि कक्षा १२ को परीक्षा

काठमाडौँ, २ भदौ । कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ । कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ । सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले तीन लाख ७४ हजार जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये ८४५ जना विद्यार्थी मात्र खोप लगाउन बाँकी रहने देखिएको बताउनुभयो । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन पाउने छन् ।

बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको तथा सकारात्मक जवाफ प्राप्त भएको जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई आगामी साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ । देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन/चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ ।

सरकारले कक्षा १२ को विद्यार्थीलाई खोप लगाउने सूचना जारी गरेको एक÷दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ । विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । गृह मन्त्रालयले मातहतका ५५ शाखा अधिकृतको सरुवा गरेको छ । यही असोज ८ गतेको निर्णयबाट मन्त्रालयले ५५

काठमाडौँ, ९ असोज । नेपाली कांग्रेसले असोज १३ भित्र पालिका अधिवेशन गरिसक्न मातहतका समितिलाई निर्देशन दिएको छ। हालसम्म ६६ जिल्लाका ६३०

काठमाडौँ, ९ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त

सुर्खेत, ९ असोज । नेकपा (एमाले) दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।