विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीन जना पक्राउ

जनकपुरधाम, २९ साउन । धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको र सो कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरीका अनुसार विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेको हो । प्रहरीले महतोसहित सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका-८ निवासी रामप्रकाश महतोलाई पक्राउ गरेको छ ।

फेला परेको कम्प्युटरसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित