नेप्से सामान्य बढ्यो

 काठमाडौँ, २५ साउन । शेयर बजार परिसूचक नेप्से आज सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ । 

 जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ । 

आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 

आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुपाल्चोक, १२ जेठ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकामा आजबाट तीनदिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाले खोप

काठमाडौँ, १२ जेठ । काठमाडौँबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका १० स्युचाटार

दैलेख, १२ जेठ । दैलेखमा बस दुर्घटना हुदा मृत्यु हुने चारै जनाकाे सनाखत भएको छ । प्रहरीका अनुसार कालिकोटबाट सुर्खेतका लागि छुटेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021