निजी क्षेत्रको सहभागिताका लागि भारतद्धारा पेट्रोलियम भण्डारण नीति संसोधन

नयाँ दिल्ली, २४ साउन । भारतमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न सरकारले पेट्रोलियम भण्डारण नीति संसोधन गरेको छ ।

भारत सरकारले हालको रणनीतिक पेट्रोलियम भण्डारण मध्ये आधा लाई व्यावसायीकरण गर्ने निर्णय गरेको छ । नयाँ भण्डारण क्षेत्रहरु निर्माणमा निजी क्षेत्रको सहभागीता वृद्धि गर्ने लक्ष्यका साथ भारतले पेट्रोलियम भण्डारण वयावसायीकरण गर्ने निर्णय गरेको हो । पेट्रोलियम भण्डारण नीति परिवर्तन र संसोधनबारे यहि महिना संघीय मन्त्रिपरिषदले अनुमोदन गरेको हो । रणनीतिक पेट्रोलियम भण्डारण व्यावसायीकरणको नीति जापान, दक्षिण कोरिया जस्ता मुलुकहरुले अपनाउँदै आएका छन् । यो नीति अन्तर्गत इन्धन कच्चा सामाग्री पुन निर्यात गर्न निजी इन्धन कम्पनी तथा लगानीकर्तालाई अनुमति दिने गरिन्छ ।

विश्वको तेस्रो ठुलो इन्धन तथा तेल आयातकर्ता भारतको करिब पचास लाख टोन तेल भण्डारण क्षमताको तीन वटा रणनीतिक भण्डारण क्षेत्र छन् । भारतीय कम्पनीहरुले कच्चा पदार्थ खरीद गर्न अस्वीकार गरेको अबस्थामा तेल भण्डारण लिजमा लिने निजी क्षेत्रले पन्ध्र लाख टोन सम्म तेल पुन निर्यात गर्न सक्ने अनुमति दिईनेछ । दुई वटा नयाँ रणनीतिक पेट्रोलियम भण्डारण क्षेत्र निर्माणका लागि असी अर्ब रुपैयाँ अर्थात अनुमानित लागतको साठी प्रतिशत वित्तिय सहयोग गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ । स्रोत डेली मेल

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021