बाढीपीडितका लागि तत्काल राहत प्याकेज ल्याउन प्रधानमन्त्रीसँग राप्रपाको माग

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन, बाढीग्रस्त क्षेत्रमा जोखिम व्यवस्थापन, पुनस्निर्माण र पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

‘असार १ गतेका दिन सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी गाउँपालिका, हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा आएको भीषण बाढीको कारण ठूलो जनधनको क्षति भएको व्यहोरा प्रधानमन्त्रीज्यूमा अवगत नै छ,’ अध्यक्ष राणाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै भन्नुभयो, ‘त्यसपछि पनि अविरल रुपमा सो क्षेत्रमा बाढी आइरहेको र क्षति हुने क्रम बढिरहेको सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण गर्छु ।’

अध्यक्ष राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ज्ञापनपत्र बुझाउँदै सात बुँदे माग प्रस्तुत गर्नुभयो । प्राकृतिक प्रकोपबाट संकटग्रस्त जनताको दैनिकीमा ठूलो महत्व राख्ने अत्यावश्यक काम यथाशीघ्र अघि बढाउन उनले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्री देउवाले बाढीपीडित क्षेत्रका समस्या र आवश्यकता सम्बोधन गर्ने राप्रपाको प्रतिनिधिमण्डललाई आश्वासन दिनुभयो ।

सिन्धुपाल्चोक जिल्लाको तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा मृतक र वेपत्ताको परिवारलाई उचित राहत उपलब्ध गराउन, पीडित परिवारहरूलाई तत्काल राहतको प्याकेज उपलब्ध गराउन माग गरिएको छ । बाढीबाट क्षतविक्षत भएको भौतिक संरचना पुल, शिक्षण संस्था, विद्युत लगायतको तत्काल वैकल्पिक माध्यमबाट र भविष्यमा दीर्घकालीन रुपमा पुनःनिर्माण गर्न समेत सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा