सुकुम्बासी जनताले भनेः ‘शेरबहादुर देउवा हाम्रो प्रधानमन्त्री हैनन्’

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका सुकुम्बासी जनताले देउवा जनताको प्रधानमन्त्री नभएको बताएका छन् । सुकुम्वासी जनताले देउवा सरकार जनताको जनमतबाट नभई अदालतको परमादेशबाट बनेको सरकार भएकाले उक्त सरकारले जनताको पक्षमा काम गर्न नसक्ने समेत बताए ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले बिहीबार भक्तपुर जिल्लाको मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । युवा संघका कार्यकर्ताले कालो ब्यान र प्लेकार्डसहित मनोहराको सुकुम्बासी बस्तीबाट जुलुस निकालेका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा आयोग गठन गरेको थियो । तर नयाँ सरकारले १९ साउनमा देवि ज्ञवाली नेतृत्वको आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

प्रदर्शनका क्रममा सुकुम्बासी तथा संघका कार्यकर्ताले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर, देउवा यु आर नट माइ प्राइमिनिस्टर, मेरो जमिन, मेरो बास, किन खोसिस् नालायक सरकार ?, माफिया देउवा, सुकुम्बासी मारुवा, देउवा तिम्रो बच्चा बेलायत पढ्ने, हाम्रा बच्चा घरबाट खेद्ने ?, आफ्नै पौरखले खाने, आफ्नै सिपमा बाँच्ने हामी, कहिलेसम्म अध्यारोमा जीवन जिउने हामी ?, आफ्नै देशमा बस्न नपाईने हो र सरकार ?, हामी मानिस हौं, जंगली जनावर हैनौं, विदेशीले सीमा बेच्दा नवोल्ने सरकार, आज हाम्रो जमिन खोस्न हतार, जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस्, संविधानले त दिएकै थियो, तर परमादेशले खोसी लियो, हाम्रो पनि परिवार छ, हामीलाई पनि घरमा बस्न पाउने अधिकार छ, जमिन हाम्रो मौलिक अधिकार, किन खोसिस् नालायक सरकार ?, सरकारी फण्डा दिनौ दिन, उठौं जागौं भूमिहिन, सरकारी दमन दिनै दिन, गरिवको शक्ति बेलैमा चिन, भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन बदर गर लगायतका नाराहरु लगाएका थिए ।

सरकारले गरिव तथा भूमिहिन जनताको टाउकोमा घनले हानेको उल्लेख गर्दै सुकुम्वासीले संविधानले ग्यारेन्टि गरेको कुरालाई लात हान्दै भूमिहिन जनताको भाग्य र भविष्यमाथि खेलवाड गरेको भन्दै आक्रोस जनाए । युवा संघले एक लाख ८८ हजार भुमिहिन सुकुम्वासीहरूलाई लालपुर्जा दिने अन्तिम अवस्थामा आयोग खारेज गरेको जनाएको छ । केपी ओली नेतृत्वको सरकारले १२ लाख करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको सरकारले आयोग नै खारेज गरेर जनघाती काम गरेको युवा संघको ठहर छ ।

कार्यक्रममा संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष तथा युथफोर्सका संयोजक क्षितिज थेवे, उपाध्यक्ष तथा युथफोर्स सहसंयोजक पुष्प श्रेष्ठ, उपाध्यक्ष तथा प्रचार प्रमुख अशोक चौलागाई, उपाध्यक्ष तथा महिला विभाग प्रमुख उर्मिला सुनुवार, उपमहासचिव रामजी सापकोटालगायतका नेता तथा कार्यकर्ताले सरकारले आयोग विघटन गर्ने निर्णय फिर्ता नलिएसम्म देशैभर भूमिहिन तथा गरिव जनताको पक्षमा आन्दोलनको आँधिवेरी सिजर्ना गर्ने बताए ।

कार्यक्रममा विघठित आयोग भक्तपुर जिल्ला सदस्य उत्तरा नेपालले आयोगले हालसम्म गरेका गतिविधिहरुको बारेमा जनतालाई जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् ।  सोमबार साँझ चितुवाले कुकुर

काठमाडौँ, ६ चैत । अनलाइन क्यासिनो खेलाएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

काठमाडौँ, ६ चैत । सर्लाहीमा गोली चलेको छ । सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो

काठमाडौँ, ६ चैत । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन