सरकारी कर्मचारीलाई कांग्रेस अधिवेशनको चटारो

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि कर्मचारी नेपाली कांग्रेसमा मात्र हैन नेकपा एमाले र माओवादी र सबै पार्टीमा उत्तिकै छन् यस्तै कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा-३ मा नेपाली कांग्रेसका पार्टीको बैठकमा नेपाल राष्ट्रिय माद्यामिक विद्यालय रनगाइमा अध्यापन गराउने सरकारि कर्मचारी पुगेका छन् ।

नेपाल राष्ट्रिय मावि रनगाइमा अध्यापन गराउने स्थायी शिक्षक गंगामणि पान्डे बैठकमा उपस्थित रहेका थिए । उनी सङै सोही विद्यालयमा अध्यापन गराउने निजि शिक्षक भग्गन प्रसाद थारु पनि त्यहाँ उपस्थित रहेका थिए । श्रावण १९ गते नेपाली कांग्रेस बोक्टापुर टोल विकास समिती गठन गर्दा सरकारि कर्मचारी पनि पार्टीका कार्यक्रममा पुग्दा पेशाको मर्यादाबिपरित गइ शिक्षक पेशाको पनि धज्जी उडाएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको आउदो महाअधिवेसन भदौमा गरिने भनिए पछि बुद्धभुमिका नेपाली कांग्रेसले टोल विकास समिती गठनमा तिब्रता दिएको छ तर पार्टीका कार्यक्रममा सरकारि कर्मचारी उपस्थित गराउनुले नेपाली कांग्रेस बुद्धभुमिलाइ पनि लज्जित बनाएको छ । यता स्थानिय भने बालबालिकालाई राम्रो शिक्षा दिन सरकारले खटाएको र सरकारि तलब लिएर पार्टीका नारा लगाउँदै हिड्ने शिक्षकलाई तत्काल स्पष्टीकरण सोधिनुपर्ने र आवश्यक कार्बाही गरिनुपर्ने बताउँछन् ।

फोटो : दुर्गा अधिकारिको सामाजिक सन्जालबाट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । सर्लाहीमा गोली चलेको छ । सर्लाही प्रहरीका अनुसार गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको हो

काठमाडौँ, ६ चैत । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । गएराति बानेश्वरस्थित निवासमा उनको निधन

काठमाडौँ, ६ चैत । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार पूर्वीरुकुमबाट काठमाडौँतर्फ

काठमाडौँ, ६ चैत । कास्कीको पोखरास्थित काहुँ डाँडामा लागेको आगलागी नियन्त्रणमा आएको छ । सोमबार राति करिब ९ बजेतिर लागेको आगो अबेर