गठबन्धनको ‘कम्फर्टेवल’ सरकार छिट्टै नास हुन्छः पूर्वमन्त्री पण्डित

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको छ ।

आज वसेको मन्त्रीपरिषद्को बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेसँगै नेता पण्डितले वर्तमान कांग्रेस, माओवादीलगायतका गठबन्धनको कम्फर्टेवल सरकार छिट्टै नास हुने बाटोमा अगाडी बढेको बताउनुभयो । भूमिहिन तथा सुकुम्बासीको पक्षमा वर्तमान शेरबहादुर देउवा सरकार नरहेको उल्लेख गर्दै नेता पण्डितले वर्तमान सरकार कस्तो र कसको लागि बनेको भन्ने जनताले छिट्टै बुझ्ने समेत बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘मन्त्रिपरिषद बैठकले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेकोले भूमि समस्याबाट पिडित जनता र भूमिहीन सुकुम्बासीको पक्षमा देउवा सरकार नरहेको पुष्टि हुन गएको छ । धन्य हो गठबन्धन । छिटै नास हुने जनताले बुझने छन् कंफर्टेवल सरकार ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका

काठमाडौँ, ६ चैत । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका

काठमाडौँ, ६ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्ग भेटवार्ता भएको छ ।  आज बिहान