पत्रपत्रिकालाई हुलाक सेवा निशुल्क गर्न काउन्सिलको आग्रह

काठमाडौँ, १९ साउन । पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो ।

यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुलाक सेवा विभागलाई लिखित पत्र पठाइएको काउन्सिलले जनाएको छ । पत्रपत्रिकालाई परेको यस किसिमको समस्या फुकाउन आवश्यक सहजीकरणका लागि पनि काउन्सिलले सो पत्र मार्फत अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, १६ चैत । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । बिहीबार