काठमाडौँ, १८ साउन । आगामी असोज ९ देखि हुने चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौँ किङ्स–११ को कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् ।
काठमाडौँ किङ्सले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीपलाई कप्तान नियुक्त गरेको जनाएको छ । सन्दीपलाई उनको जन्मदिनकै अवसर पारेर काठमाडौँले कप्तान चयन गरेको खबर उपहार स्वरुप दिएको छ ।





