काठमाडौँ, १७ साउन । कोटेश्वर क्याम्पस प्रमुख गोविन्द कार्कीमाथि भएको सांघातीक आक्रमणको पब्लिक क्याम्पस प्राध्यापक संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाई कमिटीले कडा शब्दमा आपत्ती जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परिक्षाको काममा व्यस्त रहनुभएका प्रमुख कार्कीमाथि शनिवार अज्ञात समूहले क्याम्पसको गेट नजिकै घाँटी निमोठ्ने तथा अमानविय व्यवहार गरेको भन्दै प्राध्यापक संघले आपत्ती जनाएको हो । संघले शनिवार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्न अपराधिक व्यक्तिहरुलाई तत्तकाल पक्राउ गरी कानुनी कारवाहीको समेत माग गरेको छ । संघले उक्त घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरी कारवाही नगरेसम्म सम्पूर्ण पठनपाठन कार्यलाई बन्द गरेको समेत घोषणा गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले आक्रमण गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य गणेश बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोटेश्वर क्याम्पस प्रमुख आदर्णिय गुरु गोविन्द कार्कीमाथि जुन हर्कत गरेको छ । दोषीले तेसेको अमुल्य परिणाम भोग्नुपर्ने छ । साथै यो कुनै विद्यार्थीहरुलाइ क्याम्पसले दमन गरेको जस्तो लाग्दैन । क्याम्पसमा निहित स्वार्थ र चर्चामा आउनकालागि गुण्डा गर्ति प्रवृत्ति हावि भएको आज भन्दा अगाडिको घटना र आजको घटनाले पृष्टि गर्दछ । यस्ता गुण्डाहरुलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दै क्याम्पस प्रमुख गोविन्द कार्की गुरुलाइ शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु । नेविसंघको गुण्डागर्दी तत्तकाल बन्द होस् । सरकारमा भएकै भरमा कानुनलाई हातमा लिने कार्य निन्दनिय छ । कानुन अनुसार तत्काल कारवाहीको माग गर्दछु ।’






