टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङले जितिन्

काठमाडौँ, ९ साउन । जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।

२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१।८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६