टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङले जितिन्

काठमाडौँ, ९ साउन । जापानमा जारी टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । उनले सुटिङको महिला १० मिटर एअर राइफल स्पर्धामा स्वर्ण जितेकी हुन् ।

२१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनालाई पछि पारिन् । गालासिनाले रजत जितिन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१।८ को ओलम्पिक रेकर्ड स्कोरसमेत बनाइन् ।

पहिलो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी चीनकी याङलाई टोकियो २०२० को पहिलो स्वर्ण जितेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले मेडल प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका