गुरु बन्दना

प्रणाम गुरुदेव,

लाखौ देवता छन कसलाई मात्र पूजा गरौँ । लाखौ तिर्थ छन् कहा कहा मात्र घुमौ । लाखौ मन्त्रहरु छन कुन कुन मात्र जपौ’ । लाखौ औषधि छन कुन कुन मात्र खाऔँ । मन्दिरका मुर्ति बोल्दैनन को संग म याचना गरौँ ।

चित्रकारले नि भगवान नदेखि आफ्नै कल्पना र भावनाका आधारमा भगबानको आकृति बनाउदछ । आफुले पनि आज सम्म भगवान देखेको छैन कसलाई सम्झौं । म कस्तो भगवानको कल्पना गरौं ।

गंगाको पानीमा जन्मेर गंगाको पानीमै मर्ने माछालाई हेर्छु । पशुपतिको बरीपरी जीवनभर भौतारिरहेको बादरको पिडालाई हेर्छु । चर्च, गूम्बा र मस्जित बरिपरी घुमिरहने दुखि आत्माहरुलाई हर्छु । यो जीवन र जगत प्रति झन झन बैराग्य चलेर आउछ ।

गरुदेव, अहिले म तपाईको चरण कमलमा छु । तपाईको पाउ स्पर्श गर्न सक्छु । तपाईको बोली सुन्न सक्छु । मेरो ब्रहा, विष्ण’ र महेश्वर लयायत सम्पूण भगवान भनेकै तपाई हो । मलाई ज्ञान, बुद्धि, विबेक र आशिवार्द दिनुस जसले म पुर्ण मानव बनी यो जीवनलाई सहि तरीकाले जिउन सकौं ।

मेरा सबै गुरुहरुलाई कोटी कोटी प्रणाम ।

तेज बहादुर ढकाल, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने