भोली युथफोर्सको ‘वृहत मार्चपास’: काठमाडौँ भ्याली कमाण्ड घोषणा गर्ने

काठमाडौँ, ८ साउन । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले भोली दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ ।

जालझेल, तिक्डम, कपट तथा षड्यन्त्रपूर्ण तरिकाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट परमादेशको माध्यमबाट हटाई शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै युवा संघले चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको छ । सर्वोच्च अदालतले विभिन्न प्रलोभनमा परि जनादेशलाई लत्याउँदै परमादेशबाट नेपालको राजनीति चलाउन खोजेको भन्दै संघले अदालतले गरेका गैरसंवैधानिक, गैरलोकतान्त्रीक, दलीय व्यवस्थालाई नै अन्त्य गर्ने प्रकारका गतिविधिहरु जनताको माझमा लगि भण्डाफोर गर्ने कार्य समेत गरिरहेको छ । त्यस्तै सूर्य चिन्हबाट आफु निर्वाचित भएको तर कांग्रेसलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने माधवकुमार नेपाल समूहका २२ जना सांसदहरुलाई समेत विभिन्न चरणमा खबरदारी गरिरहेको छ ।

यसै क्रममा भोली १ बजे युथफोर्स दशौं हजारको संख्यामा मोटरसाइकल र्यालीसहित मार्चपास अभियान गर्ने भएको हो । जसको लागि उपत्यकाका तीन वटै जिल्लाबाट वाइकर्याली सहित माइतिघरमा भेला हुने कार्यक्रम रहेको छ । जसको लागि युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले विहान ११ बजे पार्टी कार्यालय सूर्यविनायकमा उपस्थितीको लागि सम्पूर्ण कार्यकर्तालाई आह्वान समेत गरेको छ ।

मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने आयोजकले जनाएको छ । उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । तत्काल देशभर ५० हजार युवाहरुलाई युथफोर्सले संगठित गरी राष्ट्र र जनताको हितमा कानुनलाई हातमा नभई साथमा लिएर अगाडी बढ्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।