ग्लोबल आइएमई बैंक र अर्गानिक नेपाल सहकारीबीच सम्झौता

काठमाडौँ, ७ साउन । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने प्रयोजनार्थ सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडमा आयोजित एक कार्यक्रमबीच, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव लाल श्रेष्ठबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्न, सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले सहुलियतपूर्ण कर्जाको एकीकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत अर्गानिक नेपाल सहकारीको सिफारिसमा सहकारीका शेयर सदस्य, उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई कर्जा उपलब्ध गराउने छ । यसै सम्झौता अनुसार कर्जा लिने साना किसानहरुलाई सहकारीले आवश्यक तालिमको पनि व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय

वासिङ्टन डिसी, ६ बैशाख । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवर्द्धनका

काठमाडौँ, ६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् ।  संसद्का विषयगत समिति सभापतिमा कुरो

काठमाडौँ, ६ वैशाख । स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य