भक्तपुर ‘प्रकृतिको अनुपम उपहार’ होः नेता बस्नेत

भक्तपुर, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर प्रकृतिले दिएको अनुपम उपहार भएको बताउनुभएको छ ।

समाजसेवी भजेश खड्काको सौजन्यमा सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट, कैलाश डाँडाको अनन्तलिङ्गेश्वर आधारभूत विद्यालयका १८ जना विपन्न परिवारका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेता बस्नेतले जिल्लामा प्राकृतिक मनोरमयुक्त भएको दावी गर्नुभयो । २२ वटा भन्दा बढी हिमालहरु देखिने उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरका पर्यटकीय ठाउँहरु अनन्तलिङ्गेश्वर, कैलाश महादेव, रानिकोटलगायतका क्षेत्रहरुमा एक पटक फर्कन गाह्रो मान्ने गरेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर प्रकृतिको अनुपन उपहार दिएको ठाउँ हो । जहाँबाट २२ वटा भन्दा बढी हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ । नयाँ मान्छेको उक्त ठाउँमा प्रवेश गरे छाडेर जान गाह्रो मान्ने गरेका छन् । त्यसैले पर्यटकीय विकासको साथ साथै आर्थिक वृद्धिदरको समेत भक्तपुर महत्वपूर्ण स्थानको रुपमा रहेको छ ।’

नेपालको इतिहासको साक्षीको रुपमा भक्तपुरका पर्यटकीय क्षेत्र तथा मठमन्दिरहरु रहेको उल्लेख गर्दै नेता बस्नेतले बहुआयमीक भ्यु टावर निर्माणको क्रममा रहेको बताउनुभयो । होम स्टेको रुपमा उक्त ठाउँको विकास प्रारम्भ भएको उल्लेख गर्दै नेता बस्नेतले मठमन्दिरको संरक्षण तथा खानेपानीको व्यवस्थापन गर्ने कार्य भइरहेको विस्तारमा उल्लेख गर्नुभयो । सडक, ढल तथा पर्यटकीय क्षेत्रको तिव्र गतिमा विकास भइरहेकोसमेत बताउनुभयो ।

सामुदायीक विद्यालयमा विपन्न परिवारकालाई मात्र पठाउने नभई बोर्डिङको भन्दा उज्वल शिक्षाको लागि स्थापीत गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले उक्त विद्यालयका विपन्न १८ जना विद्यार्थीलाई प्रति विद्यार्थी स्कुल व्याग १ पिस, स्कुल युनिफर्म १ सेट, स्कुल ट्रयाक सुट १ सेट, छाला जुत्ता १ जोर वितरण गर्नुभयो । उहाँले प्रति विद्यार्थी रु ३१ सय बराबरका तपसिलका सामानहरु हस्तान्तरण गर्नुभयो । नेता बस्नेतले ६ वटा विद्यालयका १४५१ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले