राष्ट्रिय युवा संघ नुवाकोटद्वारा वृक्षारोपण

नुवाकोट, २३ असार । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी नुवाकोटले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।

संघको केन्द्रीय कमिटीको निर्णय अनुसार असार १८ बाट शुरु गरिएको देशभरमा उक्त वृहत वृक्षारोपण कार्यक्रम अन्तरग आज नुवाकोट जिल्लामा पनि शुभारम्भ गरिएको हो । उक्त अभियान साउन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । वृहत वृक्षारोपण अन्तरगत देशभरमा कम्तिमा पनि तीन लाख विरुवा रोप्ने लक्ष्य लिइएको संघका महासचिव रमेश आचार्यले जानकारी दिनुभयो ।

जिल्लाको विदुर नगरपालिका वडा नं. १० गेर्खुटारको मनमोहन स्मृति पार्कबाट शुरु गरिएको छ । निर्धारित समयसम्म निरन्तर रुपमा सञ्चालन गरिने उक्त अभियानले जिल्लाका सम्पूर्ण स्थानीयतहहरुमा सञ्चालन गरिने बताइएको छ । संघका महासचिव आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आज पाँच सय विरुवाहरु रोपिएको छ । वृक्षारोपणमा बेल, चाप, कागती, सिसौ, रुख कटर, तेजपत्तालगायतका बिरुवा रोपिएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा संघका सचिव एवं वागमती प्रदेश संगठन कमिटी सह-ईन्चार्ज महाराजा गुरुङ, अतिथिको रुपमा नेकपा (एमाले) राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बिन्दा ढुङ्गाना, विनपा वडा नं. ५ वडा अध्यक्ष शिव कुमार चित्रकार, संघका सचिवालय सदस्यद्वय आर्यान श्रेष्ठ र राजु तिवारी, केन्द्रीय सदस्य दिपेश खड्का, सुरेश भण्डारी, केदार थपलियालगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सभापतित्व संघका जिल्ला अध्यक्ष एवं केन्द्रीय सचिवालय सदस्य प्रज्वल सापकोटा र संचालन नेकपा ९एमाले० जिल्ला कमिटी नुवाकोटका सदस्य दामोदर खतिवडाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले