हिमालय एअरलाइन्सका टिकट कम्पनीकै वेबसाइटबाट बुकिङ गर्न मिल्ने


काठमाडौँ, २३ असार ।  हिमालय एअरलाइन्सले आफ्नो वेबसाइटमै गएर ग्राहकले टिकट बुकिङ गर्न सक्ने भएको छ । ग्राहकहरूले कम्प्युटर वा माेबाइलबाट आफ्नो सुविधाअनुसार एअरलाइन्सकाे वेबसाइट https://him-air.com बाट बुकिङ गर्न  सक्ने एअरलाइन्सलेजनाएको छ ।

अहिले यो सेवा प्रारम्भिक चरणमा भएकाले कनेक्ट आईपीएस (connectIPS) प्रयोग गर्ने ग्राहकहरूले टिकट खरिद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू जस्तै:- उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण –पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा लिन सक्नेछन् । एअरलाइन्सले सम्बन्धित अन्य सहायक सेवाहरू जस्तै ब्यागेजको पूर्व बुकिङ, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन जस्ता आउँदा चरणहरू मार्फत् नवीनतम सेवा सुरु गर्ने योजना बनाएको छ ।

नयाँ वेबसाइट सुरुवातको बारेमा टिप्पणी गर्दै अध्यक्ष जोउ इन्योङ्ले अनलाइन टिकटले ग्राहकलाई सरल, छिटो–छरितो र अधिक सुविधा प्रधान गर्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष विजय श्रेष्ठले यो कम्पनीका लागि महत्त्वपूर्ण उपलब्धि भएको दाबी गर्दै ग्राहकहरूसँग नजिकको सम्बन्ध कायम राख्न कम्पनी तत्पर रहेको बताउनुभयो । 

नेपाल–चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्सले चार वटा जहाजबाट अबुधाबी, बेइजिङ, छोङछिङ, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका