आयोगद्वारा जसपा विवाद निरुपण गर्न इजलास गठन

काठमाडौँ, २३ असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरुको आज बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । 

आयोगले  विवाद निरुपण गर्न सुनुवाईका लागि आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाउने निर्णय गरेको छ । आयोगले यदि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि दुबैपक्षलाई भनेको छ  ।

 राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार जसका दुबै पक्षले आफुहरु नै आधिकारि भएको दाबी गरिरेहका छन् । ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि आयोगले सुनुवाइ प्रक्रिया सुरु गर्न इजलास नै गठन गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी