नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ, २३ असर । सेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।  बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८ सय १ दशमलव १३ विन्दुमा आइपुग्यो ।

लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै उपसमूहमा गिरावट आयो । निर्जिवन बिमा उपसमूह सबैभन्दा उच्च १४४.७७ अंकले ओर्लिँदा उत्पादनमूलक उपसमूह पनि १३३ दशमलव ०८ विन्दुले झर्‍यो ।

यस दिन २२२ कम्पनीको १ करोड १६ लाख बराबर कित्ता सेयर ४ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन ११६ कम्पनीका सेयरधनीले गुमाए । ५४ कम्पनीका सेयरधनीले कमाए भने १२ कम्पनीको सेयर मूल्य यथावत् रह्यो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी