पूर्वप्रधानमन्त्रीलाई खिमलालको चुनौती: ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउ’

काठमाडौं, २३ असर । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्वप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रियता विरोधीका रुपमा प्रमाणित गर्न चुनौती दिएका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, “म चुनौती दिन चाहन्छु केपी ओली कोठाभित्र चुकुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन।”

भट्टराईले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गरेका छन् ।

उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन,  जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ ? प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैधानिक हुनजान्छ भन्ने मलाई लाग्छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कपिलवस्तु, १९ साउन । विद्यालयलाई विद्याको मन्दीर मान्ने गरिन्छ र शिक्षकलाई बिद्या मन्दिरको पुजारी । प्राय पार्टीका कार्यक्रममा हिड्ने सरकारि

काठमाडौँ, १९ साउन । नेकपा एमालेको युवा नेता राजिव पहारीले परमादेशबाट वनेको सरकार प्रमुख शेरबहादुर देउवा नेपाली राजनीतिको घृणित नेताको

काठमाडौँ, १९ साउन । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले गठबन्धनको भारतीलाई कम्फर्टेवल सरकार छिट्टै नास हुने दावी गर्नुभएको

काठमाडौँ, १९ साउन । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले