नेप्से लगातार ओरालो लाग्दै

काठमाडौँ, २२ असार । आज पनि शेयर बजार कारोबार मापक नेप्से घटेको छ । नेप्से पाँच दशमलव २४ अङ्कले घटेर दुई हजार आठ सय १८ दशमलव १० विन्दुमा झरेको छ ।

आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर सामान्य बढेको छ । तर विकास बैंक, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर घटेको छ ।

आज दुई सय २० कम्पनीका एक करोड एक लाख कित्ता शेयर चार अर्ब २२ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३५ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज एचआईडीसीएल र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि राष्ट्रिय बीमा कम्पनीको शेयर साढे आठ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ साउन । स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गरेको छ । शुक्रबार

काठमाडौँ, १५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने बताएको छ । आज एक

बुटवल, १५ साउन । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का तीन जना सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव

काठमाडौँ, १५ साउन । आजको प्रतिनिधि सभाको बैठक आज १ बजेदेखि सुरु भएको छ । प्रत्यक्षप्रसारण (LIVE)