प्रचण्डविरुद्ध पूर्वमाओवादीका ४ नेता सर्वोच्च जाने

काठमाडौँ, २२ असार । माओवादीबाट निर्वाचित ४ निवर्तमान सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् ।

असंवैधानिक ढंगले प्रतिनिधिसभा सदस्यबाट हटाइएको दावी गर्दै प्रतिनिधिसभामा माओवादीबाट निर्वाचित लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले कानुनी परामर्श तीव्र बनाउनुका साथै रिट निवेदनको ड्राफ्ट तयार गरिसकेको बताइएको छ ।

माओवादी केन्द्र छाडेर एमालेतिर लागेपछि प्रतिनिधिसभा सदस्यहरु भट्ट, साह, रायमाझी र चौधरीलाई माओवादी केन्द्रले कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयमा सिफारिस गरेको थियो । माओवादीको सिफारिसका आधारमा उनीहरु पदमुक्त भइसकेको अवस्थामा ती ४ नेताले आफूहरुमाथि भएको कारबाही र पदमुक्त सम्बन्धी निर्णय अवैध भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । यातायात व्यवसायीले आइतबार सरकालाई चाबी हस्तान्तरण गरेका छन् । विभिन्न सातबुँदे माग राख्दै सार्वजनिक यातायात व्यवसायी

काठमाडौँ, १० साउन । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल समूहमा लागेर आफ्नो राजनीतिक भविष्य सखाप नपार्ने उक्त समूहका नेता

गुल्मी, १० साउन । नेकपा एमालेका सचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनसँग देश र जनताको हितमा काम गर्ने एजेण्डा

काठमाडौँ, १० साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको