अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

काठमाडौँ, २२ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष दाहालले एक शोक वक्तव्य जारी गर्दै उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गरेका छन् ।

यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको पनि प्रचण्डको भनाइ छ । प्रचण्डले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै