कलाकार शिशिर राणा पक्राउ

काठमाडौँ, २१ असार । कलाकार शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विजुलीबजारबाट बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा पक्राउ गरेको हो ।

सीआईबीका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ साल पुस २६ गते बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवाना सुनाएको थियो । २०७६ सालमा उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दाजान्दै झुक्याएर नेपाल नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी ४५ लाख रुपैयाँ बराबरको चेक दिएको प्रहरीको दाबी छ ।

उनलाई फैसला कार्यान्वयनका लागि अदालत पेश गरिएको छ । राणाले वडा नम्बर ६, क्लासिक, वीरविक्रम, कायरा, रामकहानी लगायतका फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएरमात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल

काठमाडौँ, २१ साउन । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी शिक्षा ऐन व्यवसायी मैत्री बनाउन माग गरेको

काठमाडौँ, २१ साउन । केही दिन अघि शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भूमि समस्या समाधान आयोगलाई विघटन गरेसँगै आन्दोलनमा उत्रिएका

काठमाडौँ, २१ साउन । थप ३ हजार ९ सय ३८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख