सांसद पहारीको पहलः युवा संघद्वारा मनाङका बाढीपिडितलाई १० लाखको सहयोग

पोखरा, २१ असार । नेकपा एमालेका युवा नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीको पहलमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीद्वारा मनाङका बाढीपिडितलाई १० लाख बराबरको सामाग्री सहयोग गरेको छ ।

संघको गण्डकी प्रदेश कमिटीको आयोजनामा आज मनाङका बाढी प्रभावित परिवारलाई आवासीय सहयोग गरेको छ । मनाङको चामे गाउँपालिकामा रहेका बाढीपीडित १३ घर परिवारका लागि २४५ थान आवासीय कलर जस्तापाता र नासो गाउँपालिका, तालका बाढी प्रभावित १८ घर परिवारको लागि १८ थान आवास टेन्ट प्रदान गरेको संघले जनाएको छ । अध्यक्ष गुरुङका अनुसार आवासीय सामाग्री सहयोग गर्नेमा पोखरा कवाडी संघ, हिमाल मुटु नेपाल र स्टोरी अफ नेपाल रहेका छन् ।

संघले विगतका दिनमा समेत बाढी, पहिरो, डुवान, भुकम्प, कोरोना, सितलहर, हावाहुरीलगायतका प्राकृतिक विपत्तीबाट सिर्जना भएका जनताको जस्तोसुकै दुख सुखमा जनताको सारथीको रुपमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । निवर्तमान गृहमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीको प्रमुख आतिथ्यतामा संघले जुटाएको सहयोग मनाङको जिल्ला प्रशासन कार्यलयलाई हस्तान्तरण गरिएको सांसद पहारीले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्दै नेता अधिकारीले देशको समग्र विकासमा युवाहरुको भूमिका अतुलनीय हुने भएकोले समाज र राष्ट्रपति सदैव उत्तरदायी भूमिका निर्वाह गरेको भन्दै संघको उच्च प्रशंसा गर्नुभयो । आगामी दिनमा समेत देश र जनताको पक्षमा संघले निरन्तर काम गर्नेमा विश्वास व्यक्त गर्दै नेता अधिकारीले मनाङका बाढी पिडित जनताको साथमा सरकार तथा पार्टी सदैव हाजिर हुने बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद पहारीले पिडित जनताको साथमा संघीय सरका, प्रदेश सरकार, स्थानीय सरकार तथा एमाले पार्टी रहेको उल्लेख गर्नुभयो । विपद्को घडीमा हुनेले दिने र नहुनेले लिने मानविय सेवाका कामहरु गर्नुपर्नेमा जोड दिँदै सांसद पहारीले संघले मनाङका जनतामा बाढीको पिडाले दुखेको घाउमा मलम लगाई सामाजिक सेवाको काम गरेको उल्लेख गर्नुभयो ।

बाढी प्रभावित परिवारलाई राहत सामाग्री प्रदान गर्न निवर्तमान गृहमन्त्री तथा नेकपा एमालेका नेता अधिकारी, गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता तथा सांसद पहारी, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष तथा व्यवसायी महेन्द्र गुरुङ, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवंम गण्डकी प्रदेश ईन्चार्ज सन्तोष रावल र राष्ट्रिय युवा संघ नेपालका स्थाई कमिटी सदस्य विकास अधिकारी लगायत कमिटीका टीम आवासीय सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी