नेता अधिकारीको आक्रोसः ओली र नेपाल मिल्न खोज्दा झाँक्रीलाई किन टाउको दुखाई ?

काठमाडौँ, २१ असार । नेकपा एमालेका युवा नेता तथा व्यवसायी ध्रुब अधिकारीले पार्टीकै नेतृ रामकुमारी झाँक्रीमाथि कडा रुपमा प्रतिवाद गर्नुभएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्ष र माधव कुमार नेपाल पक्षबीच एक आपसमा टकराव भइरहेको समयमा दुवै पक्षका दोस्रो तहका नेताहरु विवादलाई किनारा लगाई पार्टीलाई एक ढिक्का बनाई अगाडी बढ्ने प्रयास गरिरहेका छन् ।

एमालेमा एक अर्का पक्षबीच उतावचढाव तथा एक आपसमा एकले अर्कालाई आरोप र प्रत्यारोप गर्ने क्रम चलिरहेको बेलामा एमालेका अधिकांश कार्यकर्ता भने पार्टी विभाजन नभई एकताको पक्षमा नै रहेका छन् । केही स्वार्थी तथा पार्टीलाई ध्वस्त बनाउ खोज्ने नेताले लाखौं कार्यकर्ताको भविष्यलाई अन्धकार बनाउनु नहुने पक्षमा कार्यकर्ताहरु रहेका छन् । पार्टी एकताको पक्षमा कार्यकर्ताहरु लागि परिरहेता पनि नेतृ झाँक्रीले भने एकतालाई बल पुर्याउन नभई पार्टी विभाजनको अवस्थामा लैजाने गरी अभिव्यक्ति दिनुभएको भन्दै नेता अधिकारीले त्यसको कडा रुपमा खण्डन गर्नुभयो । कहिले राष्ट्रपति, कहिले प्रधानमन्त्री तथा कहिले पार्टीमाथि नै धावा बोल्ने गरेको भन्दै नेता अधिकारीले झाँक्रीले हैसियतामा बस्नको लागि चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल मिल्न खोज्दा किन रामकुमारी झाँक्रीको टाउको दुखेको हो ? ओली र माधवलाई मिल्न नदिने खेल खेली पार्टीले समानुपातीक सांसद बनाइदिएकै भरमा पार्टी अध्यक्षविरुद्ध अभिव्यक्ति दिएर मन्त्री सपना बोकेको भने त्यो सपना हामी पुरा हुन दिने छैनौं । आलोचना गरेर पार्टीको ठूलो पदमा पुग्ने तथा मन्त्री बन्ने झाँक्रीको हैसियत छैन ।’

आफ्नो हैसियतलाई विर्सिएर नेतृ झाँक्रीले राष्ट्र प्रमुख राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्धमा दिइएको अभिव्यक्ति पार्टी र जनताको हित विपरित भएको उल्लेख गर्दै ओली निकट युवा नेता अधिकारीले नेपाल र नेपाली जनताको हितमा झाँक्रीले केही पनि काम गर्न नसकेको दावी गर्नुभयो । नेता अधिकारीले ओली र माधव मिल्ने ठोकुवा समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘झाँक्रीले नेपाल र नेपाली जनताको हितमा के काम गरेको छौं ? जनता र पार्टीकोे उज्वल भविष्यको लागि ओली र माधव मिल्छन् र मिल्नु पर्छ । त्यस पछि झाँक्रीले कुन मुख देखाएर कार्यकर्ता तथा जनताको माझमा जाने हो ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल

रोल्पा, ७ कार्तिक । रोल्पाको रुन्टीगढी गाउँपाकिलामा गाई काटेको अभियोगमा नेकपा (माओवादी केन्द्र)की जिल्लास्तरीय एक नेत्री सहित १३ जना पक्राउ

काठमाडौँ, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक ९फूलकोर्ट० मा अरु

काठमाडौँ, ७ कार्तिक । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्याग गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021