युवा संघद्वारा सरकारको पक्षमा बृहत प्रदर्शनः जनकपुरमा विपक्षी गठबन्धनको पुत्ला जलाए

जनुकपुर, २० असार । एकले अर्कालाई लडाउने र कुर्सीको खेलमा राष्ट्रिय राजनीति चलिरहेको समयमा प्रदेश नं. २ को जनकपुरमा सरकारको समर्थनमा बहृत प्रदर्शन गरिएको छ ।

सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल तथा स्वतन्त्र युवाहरुले जनकपुरमा आज सरकारको समर्थनमा र्याली निकालेका हुन् । जनकपुर रेल्वे स्टेशनबाट यूवा संघका कार्यकर्ताहरुले लाठी बोकेर जुलुस निकालेका हुन् । सुरक्षाकर्मीको कडा सुरक्षाबीच युवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र विपक्षी गठबन्धनका नेताहरुको विरोधमा नारा लगाउदै जनकचोक पुगेका छन् । उनीहरुले ‘केपी बा अघि बढ’ नारा पनि लगाए ।

र्यालीमा सहभागि युवाहरुले सरकारलाई काम गर्न नदिने कांग्रेस, माओवादी, जनता समाजवादी (उपेन्द्र यादव समूह)लगायतका संयुक्त पाँच दलको गठबन्धनका शिर्ष नेतृत्वको पुत्ला दहन गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका नेता उपेन्द्र यादवसहितका नेताहरुको पुत्ला जलाएका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको सरकारको बिरुद्धमा हुने जुनसुकै अलोकतान्त्रीक र गैर संबैधानिक कदम र हर्कतको बिरुद्ध सशक्त प्रतिवाद गर्न युवाहरु तयार रहेको आक्रोस व्यक्त गरेका छन् । शक्ति प्रदर्शन पछि संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. २ का इन्चार्ज सञ्जिव कुमार झाले अबका दिनमा पार्टी तथा सरकारका विरुद्धमा गरिने गतिविधिहरुलाई टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो । सरकारको विरुद्धमा रचिएका षड्यन्त्रहरुलाई संघले सहजै रुपमा तोड्ने उल्लेख गर्दै अब देशभर संघले सरकार विरुद्धका गतिविधिहरुलाई निस्तेज बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद’ भन्दै सम्मानिय प्रधानमन्त्री केपी ओली ज्यूको समर्थनमा आज प्रदेश २ को राजधानी जनकपुरमा राष्ट्रिय युवा संघ नेपाल धनुषाद्वारा वृहत र्याली निकालिएको छ । युवा संघ भनेको रहर लाग्दो, भर लाग्दो आवश्यक पर्यो भन्ने डर लाग्दो बन्नेछ । सोही अनुसार आज सामान्य संकेत जनकपुरले दिएको छ । युवाहरुले विपक्षी गठबन्धनका नेताहरुको पुत्ला दहन गरेका छन् । अबका दिनमा सरकारको पक्षमा गाउँ गाउँ, टोल टोल तथा देशका कुना कुनामा संघ सकारात्मक सन्देश लिएर जानेछ । सरकारविरुद्ध रचिएका षड्यन्त्रहरु एक एक गरेर तोड्ने छौं ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा २४ घण्टामा ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

सिन्धुली, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्याउने बताएकी

काठमाडौँ, १३ साउन । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

चित्रबहादुर केसी

काठमाडौँ, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी र संघीयताकै रटानमात्र गर्ने हो भने सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी