एमाले एकताको सन्देश दिने गरी संयुक्त वक्तव्य निकाल्ने तयारी

काठमाडौँ, २० असार । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरूले संयुक्त वक्तव्य निकाल्न वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन ।

नेता सुवास नेम्वाङका अनुसार आज बिहान नेपालको निवास कोटेश्वर पुगेर यस्तो प्रस्ताव गरेको हो । उनले भने, ‘जेठ २ गते पनि पार्टी फर्कियो । पदाधिकारीसहित केन्द्रीय कमिटी पुनःस्थापित भयो । यो अवस्थामा दुई जना नेताहरु भेट्नुस् । पार्टी एकताबद्ध छ, हामी एक ढिक्का छौं र एकताबद्ध भएर अगाडि बढ्छौं भन्ने सन्देश देशलाई दिनुस् भन्ने आग्रह गर्यौं, ‘उहाँले तपाईंहरुको कुरा सुने । साथीहरुसँग सल्लाह गर्छु भन्नु भयो ।’

ओलीपक्षको प्रस्तावपछि नेता नेपालले कार्यदलबाट वक्तव्यको ड्राफ्ट ल्याउन सुझाव समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १३ मंसिर । मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । प्रहरीका अनुसार ५५ वर्षीया आमा

कालीकोट, १३ मंसिर । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको

रौतहट, १३ मंसिर । रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका

काठमाडौँ, १३ मंसिर । देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021