शेयर बजार ओरालो लाग्यो

काठमाडौँ, २० असार । आज शेयर बजार ओरालो लागेको छ । नेप्से आज आठ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ५१ विन्दुमा पुगेको छ ।

आज होटल, अन्य र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर सात अङ्कले, विकास बैंकको ४५, व्यापारको १७, जलविद्युतको तीन, फाइनान्सको ३९ र माइक्रोफाइनान्स समूहको शेयर २६ अङ्कले घटेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर ४५ अङ्कले, निर्जीवन बीमा समूहको एक सय १९, उत्पादनको २४ र लगानी समूहको शेयर एक सय ६ अङ्कले  घटेको छ । आज दुई सय २४ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल इन्सोरेन्सको २१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज माछापुच्छ्रे र एसबीएल डिबेन्चरको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि गुडविल फाइनान्स डिबेन्चरको शेयर १० प्रतिशत र ओरियन्टल होटलको शेयर साढे ८ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021