एमाले नेता बस्नेतद्वारा ८ बुँदे लिखित प्रस्ताव पार्टी कार्यालयमा दर्ता

काठमाडौँ, २० असार । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीको १३औं केन्द्रीय कमिटीको बैठकमा राख्नुभएको लिखित प्रस्ताव पार्टीको केन्द्रीय कार्यालय थापाथली काठमाडौँमा दर्ता गर्नुभएको छ ।

बदलिँदो विश्व परिवेश र राजनीतिक अवस्थितीको साथमा मुलुकको आवश्यकतालाई ध्यानमा राखी एमालेले विगतदेखी नै परिवर्तनको संवाहकको रुपमा काम गर्नुपर्ने भन्दै नेता बस्नेतले वर्तमान समयको माग र आवश्यकता अनुसारका ८ बुँदे प्रस्ताव केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङको माध्यमबाट आज दर्ता गराउनुभयो । कार्यालय सचिव तामाङलाई नेता बस्नेतका नीजि सचिवालय सदस्य दिपेश खड्काले दर्ता गराउनुभयो ।

प्रस्ताव दर्ता पछि उहाँले भन्नुभयो, ‘नेकपा एमालेको १३औं केन्द्रीय कमिटीको बैठकमा बदलिँदो विश्व परिवेश र राजनीतिक अवस्थिति अनि मुलुकको आवश्यकतालाई ध्यानमा राखी हाम्रो ऐतिहासिक पार्टी नेकपा एमालेले विगतदेखि नै परिवर्तनको संवाहकका रुपमा आफ्नो गहन भूमिका निर्वाह गर्दै आएको छ । मुलुकमा भएका सबै राजनीतिक परिवर्तनमा नेकपा एमाले साक्षी मात्र भएको छैन, त्यसको साझेदार समेत हुँदै आएको छ । वर्तमान अवस्थामा पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यमा समेत अग्रमोर्चामा रहेको हाम्रो पार्टीको बैठकमा मैले राखेको ८ बुँदे प्रस्तावहरुलाई लिखित रुपमा पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङ मार्फत आज दर्ता भएको छ । यस्तै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो नै लिखित प्रस्ता पेश गरिसकेको छु । आशा छ, मुलुक तथा जनताको मागलाई सम्बोधन गर्दै पार्टीले उक्त प्रस्तावहरुको बारेमा गहन छलफल गरी चाँडै नै मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडी बढाउन तथा जनताको चाहनालाई पुरा गर्ने निर्णय लिने छ ।’

उहाँले दर्ता गराउनुभएको प्रस्तावहरु

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्