प्राकृतिक विपदमा उद्दार/राहतका लागी सरकार एक्टिभ भएर परिचालित छ: मन्त्री पौडेल

काठमाडौँ, २० असार । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतका लागी सरकार प्रो एक्टिभ भएर परिचालित भएको बताएका छन् ।

आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री पौडेलले प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ ।’ प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताए ।

उद्दार, राहत तथा पुनस्थापना जस्तो मानवीय प्रश्नमा राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘स्वेच्छिक राहतमा यदाकदा सेलिब्रेटी स्टाइल प्रकट भएको छ ।’यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिए ।

मन्त्री पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका  दरले राहत दिने बताएका छन् । यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।

उनले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’ ‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए । सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।

मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए । मनसुनबाट भएको प्राकृतिक विपत्तिबाट घर गुमाएकाहरुलाई पुनर्निर्माणका लागि व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ ।

अघिल्लो बर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९ सय ५० परिवारलाई घर बनाउन पहिलो किस्ता वापत ५० हजार रुपैयाँ दिएको १९ करोड ९७ लाख अनुदान दिइएको उल्लेख गरे । यस्तै बाढी पहिरोमा परेका २ सय ७८  जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको मन्त्री पौडेलले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021