नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध अझै गाढा छ: राजदूत डा. खतिवडा

वासिङटन डिसी, २० असार । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्यारएको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, “सत्तरी वर्षअगाडि नै अमेरिकीहरू नेपालमा गएर शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आयोजनामा स्वयंसेवी भावले गर्नुभएको सहयोग स्मरणीय छ ।” शनिबार न्युयोर्कमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे ।

खतिवडाले गैरआवासीय संघको भावनालाई सम्बोधन गर्दै नेपालको संविधानले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरेको बताए । ‘एकपटकको नेपाली सधैँका लागि नेपाली’ भन्ने भावनालाई सम्बोधन गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार एनआरएनको मुद्दा र अपेक्षालाई ऐनमार्फत सम्बोधन गरिने समेत उनको भनाइ थियो ।

अमेरिकामा रहेका नेपालीहरूले यहाँको मूलधारको राजनीतिमा समेत सहभागिता जनाएर निर्वाचित भई सेवा गर्ने अवसर पाउनु महत्वपूर्ण उपलब्धि भएकोप्रति राजदूत खतिवडाले खुसी व्यक्त गरे । खतिवडाले गैरआवासीय नेपालीले आफूले हासिल गरेको बौद्धिक सीप र ज्ञानलाई मातृभूमिको विकासका लागि समेत प्रदान गर्न आग्रह गरे । कार्यक्रममा मेरिल्यान्ड जनरल एसेम्बलीका डेलिगेट ह्यारी भण्डारीले अमेरिका अवसरको भूमि भएकाले नेपाली मूलका अमेरिकीहरूलाई सहजपनबाट बाहिर आएर अमेरिकाको मूलधारमा समाहित हुन आग्रह गरे । उनले अमेरिकामा रहेका नेपालीहरूले अझै धेरै काम गर्न बाँकी नै रहेको बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष सुनील शाहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष डा। बद्री केसी, उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रवीना थापा, सचिव गौरी जोशी, उत्तर अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी मञ्चका प्रभु थापा, एनआरएन अमेरिकाका संरक्षक डा। केशव पौडेल, पूर्वअध्यक्ष खगेन्द्र जिसी, नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेलगायत आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

यसैबीच, समितिका नवनिर्वाचित कार्यसमितिले सोही समारोहमा शपथग्रहण गरेको छ । एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीको नेतृत्वमा रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्त, महिला उपाध्यक्षमा दीक्षा बस्नेत, उपाध्यक्षमा सुमन थापा, सचिवहरूमा अनुप खनाल, सुनीता सापकोटालगायत बोर्ड सदस्य तथा शाखाका अध्यक्ष एवं पदाधिकारीहरूले शपथग्रहण गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा