चीनमा अल्पसंख्यक उइघुर जातिको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा अमेरिकाद्धारा प्रतिबन्ध

वासिंगटन, २० असार । अमेरिकाले चीनमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा रोक लगाएको छ ।
अमेरिकाले चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइघुर समुदायको बाध्य श्रमबाट उत्पादित सामाग्री निर्यातमा रोक लगाएको हो ।

मेरिकाको यहि कदम स्वरुप सोलर प्यानल उत्पादक चिनियाँ कम्पनी होसिन सिलिकन ईन्डस्ट्रिको सामाग्रीहरुमा प्रतिबन्ध लागेको छ । उक्त कम्पनीले सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको बताईएको छ । होसिन सिलिकन कम्पनीले सिलिकन सामाग्री उत्पादनका लागि सिन्जियाङमा उइघुरहरुको बाध्य श्रम प्रयोग गरेको भन्दै त्यस्ता सामाग्रीहरु प्रतिबन्ध गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा ९सीबीपी० ले बताएको छ ।

सोलर प्यानलका लागि प्रयोग हुने सिलिका कच्चा पदार्थ उत्पादन कार्यमा उइघुरलाई बाध्य श्रममा लगाइएको भन्दै यस्ता सामाग्री निर्यातमा प्रतिबन्ध लगाईएको अमेरिकी होमल्याण्ड सेक्युरिटीका सचिव अलेहान्द्रो मलेर्कासले बताएका छन् । चीन सरकारले सिन्जियाङमा अल्पसंख्यक उइघुरहरुलाई बाध्य श्रममा लगाउने जस्ता मानवीय अपराध गरेको भन्दै आलोचना हुने गरेको छ । स्रोतः हङकङ पोष्ट

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत  अनेकथरि

काठमाडौँ, १० साउन । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको

काठमाडौँ, १० साउन । एकताक चर्चामा आएको नेपाल सद्भावना पार्टी ब्युँझाइएको छ । रामकुमार महतो, सिताराम रौनियार, भरत साह, रवीन्द्र चौधरी

काठमाडौँ, १० साउन । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद्