मध्यपूर्वबाट हुने तेल निर्यातमा भारतद्वारा भारी कटौती

नयाँ दिल्ली, २० असार । भारतले आफ्ना उर्जा स्रोतहरुको विविधता खोज्दै मध्यपूर्व बाट तेल निर्यातमा भारी कटौती गरेको छ ।

विश्वकै तेस्रो ठूलो तेल निर्यातकर्ता भारतले उर्जा श्रोतहरुमा विविधता खोज्दै मध्यपूर्वबाट तेल निर्यात उल्लेख्य मात्रामा घटाएको छ । मध्यपूर्वी मुलुकहरुबाट भारतमा हुने तेल निर्यातको मात्रा विगत २५ महिना यताकै सबैभन्दा कम रहेको बताईएको छ ।

भारत सरकारले उर्जा सामाग्री निर्यातमा विविधता खोजेको भन्दै तेल प्रशोधनकर्ताहरुले अन्य विकल्प खोजेका हुन् । मध्यपूर्वबाट भारतमा सन् २०१९ अप्रिलमा ६७ दशमलब ९ प्रतिशत भएको तेल निर्यात पछिल्लो समय ५२ दशमलब ७ प्रतिशतमा झरेको छ । भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबबाट तेल निर्यात गत बर्षभन्दा एक चौथाई कम भएको छ । त्यस्तै, भारतमा तेल आपूर्तिको हिसाबले तेस्रो स्थानमा रहेको यूएई हाल सातौँ स्थानमा पुगेको छ ।

पछिल्लो समय, भारतीय प्रशोधनकर्ताहरुले अमेरिका, ल्याटिन अमेरिका तथा भूमध्यसागरीय मुलुकहरुबाट तेल निर्यात बढाएका छन् । तेल आपुर्ति सहज बनाउन भारतको आग्रह मध्यपूर्वी मुलुकहरुले बेवास्ता गरेपछि भारत सरकारले कच्चा पदार्थहरु निर्यातको श्रोतमा विविधता ल्याउन प्रशोधनकर्ताहरुलाई निर्देशन दिएको छ । स्रोत खालिज टाईम्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कर्णाली (सुर्खेत), ६ कार्तिक । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका

म्याग्दी, ६ कार्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि

विराटनगर, ६ कार्तिक । बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको

काठमाडौँ, ६ कार्तिक । आज पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021